Duration 18:41

GPA लाई ग्रेडमा लैजानुस् | IF फर्मुला लगाउन जान्नुस् | How To Use IF Formula In Excel | Nepali Book

2 822 watched
0
65
Published 2 Jul 2020

नमस्कार ! नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई स्वागत छ । तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारी मूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ । About This Video : यस भिडियोको उद्देश्य IF फर्मुला सिकाउनु हो । GPA लाई ग्रेडमा लैजानुस् | IF फर्मुला लगाउन जान्नुस् | How To Use IF Formula In Excel IF फर्मुला एक्सेलको एक महत्त्वपूर्ण फर्मुला हो । excle चलाउन चाहने हरकोहिले यो फर्मुला जान्न आवश्यक हुन्छ । यदि यो Formula मात्रै एक्सलमा चलाउन जान्ने हो भने पनि हामीले कैयौं कामहरू यसबाट सजिलै सम्म्पन्न गर्न सक्दछौ । नम्बरलाई GPA मा कन्भर्ट गरिसके पछि त्यो GPA लाई ग्रेडमा लानु अवैज्ञानिक कुरा हो । त्यसो गर्नु आधिकारिक होइन, तथापि प्रायः अभिभावक र विद्यार्थीहरुले gpa मा भनिदिदा नबुझेपछी gpa लाई ग्रेड मा भनिदिनुपर्ने हुन्छ । हामीले पनि सामान्यतया ग्रेडमा नै बुझ्ने गर्छौं । यस भिडियोमा IF Formula को प्रयोग मार्फत कसरी विद्यार्थीले प्राप्त गरेको GPA लाई ग्रेड Gread मा रुपान्तरण गर्न सकिन्छ ? भन्ने सम्बन्धि सम्पूर्ण जानकारी दिइएको छ । भिडियो राम्रोसँग हेर्नुभएमा तपाईंले IF फर्मुलाको प्रयोग मार्फत एक्सेलमा यस्तै अन्य धेरै कामहरू गर्न सक्नुहुनेछ । विद्यार्थीको पास फेल आदि रिजल्ट पनि यस्तै किसिमले गर्न सकिनेछ । IF फर्मुलाको जानकारीको अभावमा समस्या र झन्झट बेहोरिरहनु भएका हाम्रा दर्शकहरुका लागि सहयोग मिलोस् भन्ने अभिप्रायका साथ यो भिडियो निर्माण गरिएको हो । तपाईंका यस्तै कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ । तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला । साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला । भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद ! nepali book #nepalibook #HowtoUseIfFormula #InExcel

Category

Show more

Comments - 17