Duration 24:10

हङकङको फुटबलमा चम्केकी स्नेहा Sneha Limbu HK Footballer

100 958 watched
0
4.2 K
Published 14 Sep 2020

चम्केकी स्नेहा नेपाली मुलकी स्नेहा लिम्बू हङकङको फुटबल खेलमा चम्किरहेकी छिन् । हङकङको अण्डर–१८ महिला टीमबाट खेलिरहेकी १६ वर्षीया स्नेहाले अन्तर्राष्ट्रिय खेलहरुमा समेत उत्कृष्ट प्रदर्शन गरेर चर्चा कमाइरहेकी छिन् । हङकङमै जन्मिएकी स्नेहाले फुटबल खेल्न थालेको एक दशक भयो । प्राइमरी लेवलमा पढ्दा खेल्न शुरु गरेकी उनी अहिले व्यावसायिक खेलाडी बन्ने दौडमा छिन् । स्नेहाका बाबा विजय आफैं पनि सानैदेखि फुटबलका सौखिन र नेपालमा हुँदा टोलका खेलाडी थिए । आफू सफल खेलाडी बन्न नसके पनि उनले छोरा सानजियोलाई खेलाडी बनाउन चाहे । छोरालाई सानैदेखि फुटबल सिकाएर स्कूलको फुटबल टीममा सहभागी गराए । बुबा र भाइको फुटबल मोहले स्नेहालाई पनि तान्यो । तर शुरुमा उनलाई फुटबल केटा मान्छेको खेल जस्तो लाग्थ्यो । भाइले खेल्दा स्नेहा बेञ्चमा बसेर खेल हेरिरहन्थिन् । एकदिन कोच आएर “तिमी किन खेल्दिनौ ? फुटबल कस्तो लाग्छ ?” भनेर सोधे अनि राम्रो लाग्ने भए गल्र्स टीम पनि शुरु गर्ने कुरा गरे । स्नेहाको पहिलो इन्टरनेशनल गेम चाहिं युथ गर्ल इन्टरनेशनल इन्भाइटेशनल टुर्नामेन्ट अण्डर–१४ थियो २०१७ मा । त्यतिबेला मङ्गोलिया, लाहोस, थाइल्यान्डसँग खेलेको थियो टीमले । “मलाई शुरुमै खेलमा राखिएको थियो । म एकदम ह्यापी भएँ ।” उनी भन्छिन्, “काउलुन बे पार्कमा भएको थियो गेम, धेरै मान्छे हेर्न आएका थिए । बाबा, ममी र भाइ पनि मलाई सपोर्ट गर्न आउनुभएको थियो ।” युथ गर्ल इन्टरनेशनल इन्भाइटेशनल टुर्नामेन्टको शुरुदेखि तीन वर्ष लगातार खेलिसकेकी स्नेहाले केही समयअघि मंगोलियामा एएफसी पनि खेलिन् । त्यसपछि अण्डर–१६ राउण्ड वान खेलिन् भने भर्खरै सिनियर टीमको लागि टर्किस इन्टरनेशनल कप पनि खेलिन् । यसअन्तर्गत उनी खेल्नका लागि मङ्गोलिया, टर्की, भियतनाम लगायतका देश पुगेकी छिन् । हङकङको टीमबाट स्ट्राइकर खेल्ने स्नेहा क्लब सिटिजनका लागि चाहिं मिडफिल्ड वा लेफ्ट विनका रुपमा खेल्छिन् । अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म हङकङका लागि ७ गोल गरिसकेकी छिन् उनले । “अस्ति भर्खर टर्कीको लागि पनि फस्र्ट गोल हानें । त्यसबेला एकदमै खुसी लाग्यो,” उनी हर्ष व्यक्त गर्छिन् । उनको टीमले धेरैवटा अन्तर्राष्ट्रिय खेल जितेको छ । हङकङ टीमकी ‘नेइमार’ स्नेहाको खेल कलाबारे चाइनिज मिडियाहरुले महत्वका साथ समाचार लेख्ने गरेका छन् । हालै साउथ चाइना मर्निङ पोष्टले उनलाई हङकङ फुटबल टीमको ‘नेइमार’ भनेर लेख्यो । स्नेहा भन्छिन्, “नेइमार मेरो आइडल हुन् । मलाई मिडियाले नेइमार भनेर लेख्दा धेरै खुसी लाग्यो ।” स्नेहा आफैंलाई पनि सानोमा सोलो गोल गर्दा नेइमारले जस्तो खेल्थें भन्ने लाग्छ । उनी नेइमार, मेस्सी, रोनाल्डोका खेलहरु हेर्छिन् । नेइमारको स्कील उनलाई बढी मन पर्छ । नेइमारले अरुलाई पनि मनोरञ्जन दिंदै गोल हान्ने कला उनलाई विशेष लाग्छ । स्नेहा भिडियो हेरेर पनि खेल टेक्निक सिक्छिन् । उनका साथीहरुले पनि कुनै नयाँ टेक्निक थाहा पाए भन्छन् । स्नेहा सुनाउँछिन्, “कोचहरुले पनि टीमका अरु साथीभन्दा अलि स्कीलफुल छौ । तिम्रोे टेक्निक राम्रो छ भन्नुहुन्छ ।” चाइनिज मिडियाहरुले समेत उनको चर्चा गर्न थालेपछि हङकङको नेपाली समुदायले पनि उनलाई चिन्न थालेको छ । नेपाली समुदायले सपोर्ट गर्दा उनलाई आफू अझै जिम्मेवार बनेर खेल्नु पर्छ भन्ने लाग्छ । उनले नेपाली समुदायमा त खेलेकी छैनन् । तर नेपालबाट बोलाए जाने मन छ । ६ वर्षको उमेरमा नेपाल गएकी उनलाई नेपालमा होली खेलेको याद छ । त्यसपछि भने जाने अवसर जुरेको छैन । हङकङको नेपाली फुटबल र खेलाडीबारे एभरेष्ट मासीकमा प्रकाशीत आवरण रिपोर्टको लिंकः https://everestkhabar.com/2020/09/5213 @Nepali Life YouTube Channel Concept : Dambar Krishna Shrestha Camara :Jagat Ambu Gurung / DK Shrestha Editing : DK Shrestha Supporters : Matridip Rai, Bhuwan Lingden, Sujit Subba , Sarita Shrestha, Ayushman Shrestha Email : nepalilifehk@gmail.com Facebook: https://m.facebook.com/Nepalilife instagram: nepalilife Twitter: @nepali_life

Category

Show more

Comments - 240